विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सको सनसनी, दक्षिण अफ्रिकापछि बंगलादेशलाई पनि हरायो

नेपालभ्युज

विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सको सनसनी, दक्षिण अफ्रिकापछि बंगलादेशलाई पनि हरायो

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले बंगलादेशलाई हराएको छ ।

यो विश्वकपमा नेदरल्याण्डको यो दोस्रो सनसनीपूर्ण नतिजा हो । यसअघि उसले उपाधि दाबेदार दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

कोलकताको इडेन गार्डेनमा सामान्य लक्ष्य रक्षा गर्दै डच टोलीले ८७ रनको सानदार जित हात पारेको हो ।

२ सय ३० रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.२ ओभरमा १ सय ४२ रन बनाउँदा अल आउट भयो । मेहेदी हसन मिराजले सर्वाधिक ३५ रन बनाए ।

नेदरल्याण्डका तीव्र गतिका बलर पल भान मिकरेनले ४ तथा बास डि लिडले २ विकेट लिएपछि बंगाली टोली कम स्कोरमै अलआउट भएको थियो ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्स ५० ओभरमा २ सय २९ रनमा अल आउट भएको थियो ।

कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ६८ रन बनाए । यस्तै वेस्ली ब्यारेसीले ४१ रनको योगदान गरेका थिए ।

बंगलादेशका शोरिफुल इस्लाम, तस्किन अहमद, मेहेदी हसन र मुश्ताफिजुर रहमानले २-२ विकेट लिए । नेदरल्यान्ड्स ६ खेलमा ४ अंकका साथ आठौं स्थानमा उक्लिएको छ ।

बंगलादेश भने २ अंकसहित नवौं स्थानमा झरेको छ । तालिकामा दक्षिण अफ्रिका १० अंकका साथ शीर्षस्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved