माओवादी नेताले छोरालाई सुन बोकाएर आफ्नो भविष्य सुनौलो बनाए, देश बिगारे : लामिछाने

नेपालभ्युज

माओवादी नेताले छोरालाई सुन बोकाएर आफ्नो भविष्य सुनौलो बनाए, देश बिगारे : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माओवादी नेतामाथि खनिएका छन् । शनिबार ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभापति लामिछाने माओवादीमाथि खनिएका हुन् ।

उनले माओवादी नेतालाई सुन तस्करीको आरोप लगाएका छन् । ‘माओवादी नेताले छोरालाई सुन बोकाएर आफ्नो भविष्य सुनौलो बनाएको र देश बिगारेको’ उनको भनाइ थियो ।

‘माओवादीले देशको भविष्य सुनौलो बनाउँछु भन्थे, तर उनीहरुले छोरालाई सुन बोकाएर आफ्नो भविष्य मात्रै सुनौलो बनाए’, उनले भने ।

उनले संक्रमणकालीन न्याय छिटै निरुपण हुनुपर्ने पनि बताए ।

‘अहिले फेरि नेताहरूका भेटघाट हुन थालेका छन् । संक्रमकालीन न्यायनिरुपणको नाममा यिनीहरूले अहिलेसम्म कति बैठक गरे’, उनले भने, ‘अहिले राष्ट्रसंघका महासचिव आउनुभन्दा अघि नै संक्रमणकालीन न्याय निरुपण गरिसक्ने रे । उहिले टाउको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा घाँटी जोडेरै बसेका छन् । अहिलेसम्म कसले रोक्यो त रु न्याय निरुपणका नाममा युद्धपीडितलाई थप पीडा दिन पाइँदैन ।’

उनले २०८४ को चुनावमा अरु पार्टीलाई एक सिट पनि जित्न नदिने दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved