के यी बलिउड कलाकारले अवार्ड खरिद गरे ?

उनलाई अवार्ड तथा पुरस्कार खरिद गरेको आरोप समेत लागिसकेको छ । यसरी नै अन्य केही कलाकार छन् जसलाई विभिन्न समयमा पुरस्कार खरिद गरेको आरोप लागिसकेको छ ।

नेपालभ्युज

के यी बलिउड कलाकारले अवार्ड खरिद गरे ?

एजेन्सी। बलिउड अभिनेता शाहरूख खानले कैयौँ फिल्मका लागि अवार्ड पाइसकेका छन् । यसैबीच उनलाई अवार्ड तथा पुरस्कार खरिद गरेको आरोप समेत लागिसकेको छ । यसरी नै अन्य केही कलाकार छन् जसलाई विभिन्न समयमा पुरस्कार खरिद गरेको आरोप लागिसकेको छ ।

दिवंगत अभिनेता ऋषि कपूरले खुलासा गरेका थिए, ‘बाबी’ फिल्मका लागि उनले ३० हजार रुपैयाँमा उनले फिल्मफेयर पुरस्कार खरिद गरेका थिए । त्यस्तै अर्का अभिनेता सैफ अली खानलाई युजर्सहरूले आरोप लगाएका थिए । उनले पद्यश्री अवार्ड खरिद गरेको आरोप लागेको थियो ।

विवादमा आइरहने अभिनेत्री कंगना रनावतमाथि पनि धेरै पटक अवार्ड खरिद गरेको आरोप लागिसकेको छ । जान्ह्वी कपूरमाथि पनि फिल्मका लागि कैयौँ अवार्ड खरिद गरेको आरोप लागेको छ । यसरी उनका बुवा बोनी कपूरको नाम समेत जोडिने गर्छ ।

त्यस्तै अनन्या पान्डेका लागि पनि राम्रो अभिनय नगर्दा पनि अवार्ड पाएको आरोप लाग्ने गर्छ । त्यसैले उनले प्राप्त गरेका अवार्ड तथा पुरस्कार पनि खरिद गरिएको भन्ने खबरहरू आइरहन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved