दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु

नेपालभ्युज

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु

सियोल । दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा आइतबार माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक दलका बाँकी १४ सदस्य घाइते भएका छन् ।

योनहाप समाचार एजेन्सीले जनाएअनुसार १८ जना मानिस बोकेको ७.९३ टनको जहाज स्थानीय समयअनुसार बिहान ५ः५७ बजे सियोलबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको पश्चिमी तटीय शहर बुआनमा टगबोटसँग ठोक्किएपछि समुद्रमा पल्टिएको थियो ।

तटरक्षक अधिकारीलाई उद्धारमा संलग्न रहेको बताइएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved