हङकङविरुद्ध नेपालको १०० रन पूरा

नेपालभ्युज

हङकङविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजमा हङकङविरुद्ध नेपालले १०० रन पूरा गरेको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले ८२ बलमा ४ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो।

नेपालको लागि दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले ३३ बलमा ५० रनको साझेदारी पूरा गरिरहेका छन्।

८.१ ओभरमा ४ विकेट गुमाउँदा धरमराएको नेपाली ब्याटिङलाई कुशलको ब्याटिङले सम्हालेको छ।

यसअघि कप्तान रोहित कुमार पौडेल ११, ओपनर आसिफ शेख २०, सोमपाल कामी ८ र ओपनर कुशल भुर्तेल २ रनमा आउट भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved