हवाई टिकट पाउन सकस, दशैंमा घर हिँडेका यात्रु अलपत्र

नेपालभ्युज

हवाई टिकट पाउन सकस, दशैंमा घर हिँडेका यात्रु अलपत्र
फाइल तस्वीर

कोहलपुर। दशैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन्। सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन्।

नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ।

पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दशैँँ मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन्।

पाँच दिनदेखि अलपत्र परेको कतिपय यात्रुहरु बताउँछन्। टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको कतिपय सुनाउँछन्।

स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन्। उडान नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन्।

वायु सेवा निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको यात्रुको गुनासो छ।

एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दशै‌ंको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved