जब शाहरुखका पछाडि लागेका थिए अन्डरवर्ल्ड गिरोह

नेपालभ्युज

जब शाहरुखका पछाडि लागेका थिए अन्डरवर्ल्ड गिरोह

एजेन्सी । बलिउडका किंग खान शाहरुख खानले आफ्नो करिअरमा धेरै राम्रा तथा सुपरहिट फिल्म दिएका छन् । जसरी उनी चर्चा तथा नाम कमाए त्यसरी उनी समय समयमा समस्यामा पनि परेका छन् ।

हालै मात्र शाहरुखले मुम्बई पुलिसमा अपिल गरेका थिए कि उनलाई फिल्मको सफलतासँगै ज्यान मार्ने धम्की पाएका छन् । त्यसपछि उनलाई वाई ग्रेडको  सुरक्षा दिइएको छ ।

तर यो पहिलोपटक भने होइन शाहरुख खानलाई ज्यान मार्ने धम्की पाएको । यसअघि पनि उनले एक अन्तरवार्तामा भनेका थिए कसरी अन्डरवल्र्डका व्यक्ति उनका पछाडि परेका थिए ।

अहिले अभिनेताको एउटा पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा हलिउडकी अभिनेत्री तथा हाँस्यकलाकार रुबी वैक्ससँग यसबारेमा कुराकानी गरिरहेको देखिन्छन् ।

जहाँ उनलाई के तपाईंलाई ज्यान मार्ने धम्की पनि प्राप्त हुन्छ ? भन्ने प्रश्नमा उनले धेरै पटक भनेर जवाफ दिएका छन् । त्यसैले उनले आफ्नो सुरक्षा पनि बढाएको समेत बताएका छन् ।

हालै मात्र उनका लगातार दुई वटा फिल्म सुपरहिट भएका छन् । पठानको भव्य सफलतापछि लगातार उनको जवानले पनि हिन्दी फिल्मका सबै रेकर्डहरु तोडेको छ । यसरी भएको सफलतासँगै उनका दुश्मन पनि बढ्नु स्वभाविक मानिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved