विश्वकप क्रिकेटमा भारतको लगातार चौथो जित, कोहलीको शतक

नेपालभ्युज

विश्वकप क्रिकेटमा भारतको लगातार चौथो जित, कोहलीको शतक
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं । आइसीसी एक दिवसीय विश्वकपमा भारतले बंगलादेशलाई ७ विकेटले हराएको छ । यो भारतको लगातार चौथो जित हो ।

२ सय ५७ रनको लक्ष्य भारतले ४१.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । भारतको जितमा विराट कोहलीले शतक प्रहार गरे । अन्तिम बलमा छक्का हान्दै उनले १०३ रनको अविजित पारी खेलेका थिए । कोहलीले ९७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

यस्तै शुभमन गिलले ५३, रोहित शर्माले ४८ र लोकेश राहुलले ३४ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५६ रन बनाएको थियो ।

बंगलादेशका ओपनर लिटन दासले ६६ रन बनाए । अर्का ओपनर तानजिद हसन ५१ रनमा आउट भए ।

भारतले पहिलो खेलमा अष्टेलियालाई ६ विकेट, अफगानिस्तानलाई ८ र पाकिस्तानलाई ७ विकेटले हराएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved