सुनको मूल्य बढ्ने क्रम जारी, चाँदीको भाउ भने घट्यो  

नेपालभ्युज

सुनको मूल्य बढ्ने क्रम जारी, चाँदीको भाउ भने घट्यो  

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार नेपाली बजारमा सुन पाँच सय रुपैयाँले बढेको छ । पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेको हो ।

५ सय रुपैयाँले बढेको छापावाल सुन आज प्रतितोला एक लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १३ हजार एक सय पचास रुपैयाँ कायम भएको छ ।

बिहीबार सुनको मूल्य बढ्दा चाँदीको भाउ भने घटेको छ । आज १५ रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved