भारतलाई हराए बंगलादेशका क्रिकेटरसँग डेट जाने पाकिस्तानी अभिनेत्रीको घोषणा

‘क्रिकेट विश्वकप २०२३’मा बिहीबार हुन गइरहेको भारत–बंगलादेशको खेलमा भारतलाई हराए बंगलादेशका क्रिकेटरसँग डेट जाने पाकिस्तानी अभिनेत्रीले बताएकी छिन्।

नेपालभ्युज

भारतलाई हराए बंगलादेशका क्रिकेटरसँग डेट जाने पाकिस्तानी अभिनेत्रीको घोषणा

काठमाडौं। ‘क्रिकेट विश्वकप २०२३’मा बिहीबार हुन गइरहेको भारत–बंगलादेशको खेलमा भारतलाई हराए बंगलादेशका क्रिकेटरसँग डेट जाने पाकिस्तानी अभिनेत्रीले बताएकी छिन्।

पाकिस्तानले शनिबार भारतसँगको खेल हारेपछि शिनवारीले बंगलादेशको पक्ष लिँदै आफ्नो ट्विटरमार्फत डेट जाने घोषणा गरेकी हुन्।

उनले लेखेकी छन, ‘‘इन्शाल्लाह, मेरो बङ्गाली साथीहरूले भोलिको खेलमा हाम्रो बदला लिनेछन्। भोलि यदि बङ्गाली टोलीले भारतलाई हराउन सफल भयो भने, म ढाका आएर बङ्गाली टोलीसँग फिस डिनर डेट गर्नेछु।’’

गत शनिबार ‘क्रिकेट विश्वकप २०२३’ मा भारत–पाकिस्तानको खेल थियो। भारतले पाकिस्तानलाई सात विकेटले हरायो।

पाकिस्तानले विश्वकपमा अहिलेसम्म तीन खेलमध्ये एउटा मात्रै खेल हारेको छ। पाकिस्तानले अब भारतसँग पुन सामना गर्न सेमिफाइनल क्वालिफाइ गर्नुपर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved