प्रधानमन्त्री प्रचण्ड डिस्चार्ज

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड डिस्चार्ज
फाइल फोटो

काठमाडौं । स्वास्थ्य जाँच गराउन मंगलबार नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य  परीक्षण रिपोर्ट सामान्य रहेको  छ । उपचारमा संलग्न चिकित्कसका अनुसार स्वास्थ रिपोर्ट सामान्य देखिएपछि उनलाई मंगलबार नै  डिस्चार्ज गरिएको छ ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री दाहालको ब्लड प्रेसर, ब्लड र एन्जिओग्राम गरेर हेरिएको थियो । उनको यी सबै  रिपोर्ट सामान्य आएको छ ।

प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले पनि प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘उहाँ केही समय अस्पतालमा नै आराम गरेर आजै निवास फर्कनुहुनेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved