विपिनलाई हमासबाट छुटाएर स्वदेश ल्याइदिन प्रधानमन्त्रीसँग परिवारको आग्रह

नेपालभ्युज

विपिनलाई हमासबाट छुटाएर स्वदेश ल्याइदिन प्रधानमन्त्रीसँग परिवारको आग्रह

कैलाली । इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजीका लागि परिवारले सरकारसँग आग्रह गरेका छन् ।

हमासको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिनको खोजी गरिदिन परिवारले आग्रह गरेको हो ।

परिवारले प्रधानमन्त्रीलाई पत्र नै लेखेर विपिनलाई हमास समूहले अपहरण गरेको भन्दै रिहाको पहल गर्न अनुरोध गरेका छन् ।

कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डलाईै विपिनका परिवारले पत्र बुझाएका हुन् ।

विपिनलाई हमास समूहले ३्४ जना थाई नागरिकसँगै अपहरण गरेको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved