एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार : ओली

नेपालभ्युज

एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार : ओली
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै  पूर्वप्रधानमन्त्री समेत रेहका ओलीले  यस्तो बताएका हुन् । उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकार  भएको बताए ।

अध्यक्ष ओलीले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताए । उनले अहिले अनेक प्रकारका उद्देश्य र तत्त्व सलबलाइरहेको बताए । उनले आफूलाई अध्यावधिक नगरेका कारण काँग्रेस बुढो भएको बताए । उनले कांग्रेसको कुनै नीति र विधि नरहेको बताए ।

अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved