धादिङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

नेपालभ्युज

धादिङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

धादिङ। धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

धादिङबेसीबाट रिगाउँको तावल जाँदै गरेको मे. १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा दुई बालकसहित पाँचजना घाइते भएका छन् । घाइतेको गुम्दी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved