नयाँ हुँ भन्ने राजनीतिक दलले आफूलाई पुष्टि गरेर देखाउनु पर्छः महामन्त्री शर्मा

नेपालभ्युज

नयाँ हुँ भन्ने राजनीतिक दलले आफूलाई पुष्टि गरेर देखाउनु पर्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरुले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने तर्क गरे ।

दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कुनै राजनीतिक दल पुरानो हुँदैमा सक्कियो भन्न नमिल्ने बताए । उनले मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरु एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

‘कसैले भन्दैगर्दा पुरानाका दिन गए । पुराना धर्म शास्त्र पनि हो । पुराना चाँही यो धर्ती पनि हो । पुराना भन्ने चीज त्यति सजिलै जाँदैन । नयाँ भन्ने पनि मितिले भनेर हुँदैन । विश्वप्रकाश संसदमा पहिलो पटक छ । नयाँ हो । तर, नयाँ हुँ भन्न मैले केही नयाँ गरेर पुष्टि गर्नु पर्छ’ महामन्त्री शर्माले भने, ‘कुनै दलले पनि, व्यक्तिले पनि नयाँ जन्म मितिले भनेर मात्रै पुग्दैन । नयाँ चाहिं प्रवृत्तिमा, संस्कृतिमा हुन्छ । कुनै राजनीतिक दल पुराना हुँदैमा, हामी आफैंमा विदाई पनि हुन्नौं । र, शक्तिमा, सरकामा छौ भन्दैमा हामी सदैव सशक्त पनि हुँदैनौं ।’

महामन्त्री शर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई अघि बढाउनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved