प्रचण्ड, देउवा र कोइरालाबीच गठबन्धनप्रति दृढ र स्पष्ट हुन लिखित सहमति

नेपालभ्युज

प्रचण्ड, देउवा र कोइरालाबीच गठबन्धनप्रति दृढ र स्पष्ट हुन लिखित सहमति

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच लिखित सहमति भएको छ ।

सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाउन पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बिहान गरेको छलफलमा लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सहमतिमा सबैजना सत्ता गठबन्ध्नप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख छ । साथै, गठबन्धनमा तीनै पक्ष एकजुट रहने प्रतिबद्धतासहित कोशी प्रदेशमा नि सोही अनुसार हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved