कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

नेपालभ्युज

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

शनिबार बिहान प्रदेश प्रमुखको कार्यालयमा सनाखतका क्रममा बहुमत जुटाउन सफल भएपछि कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनको पक्षमा नेकपा एमाले ३९ र कांग्रेसका ८ गरी ४७ जना सांसदले हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्रीका अर्का दाबेदार नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बाे पक्षधर सनाखतका लागि उपस्थित भएन ।

सनाखतमा बहुमत पुष्टि भएसँगै अब प्रदेश प्रमुखले कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरे ।

कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको घोषणा गर्दै प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री भएको घोषणा गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved