कोशीमा राप्रपा तत्काल तटस्थ बस्ने

नेपालभ्युज

कोशीमा राप्रपा तत्काल तटस्थ बस्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिको सन्दर्भमा तत्काल तटस्थ बस्ने निर्णय गरेको छ।

राप्रपाले आफूहरूको सहभागिता बिनै दुवै पक्षले मुख्यमन्त्रीमा दाबी गरेको उल्लेख गर्दै तत्काल कसैको पनि पक्ष नलिने निर्णय गरेको हो।

शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले कसैलाई पनि आफूहरूको आवश्यकता नपरेकाले अहिले तत्काल पार्टीले कसैको पक्ष नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

९३ सदस्यीय कोशी प्रदेशसमा एमालेका ४०, कांग्रेसका २९ र माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको मुख्यमन्त्री नियुक्ति गर्न आह्वान गरिएकोमा सत्ता गठबन्धन दलले माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोलाई उम्मेदवार बनाएर ४७ जनाको हस्ताक्षर बुझाएका छन्।

गठबन्धनको निर्णयविपरीत नेपाली कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनलाई एमालेका ४० र कांग्रेसका ८ सांसदले समर्थन गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved