आउँदो प्रतियोगिता नखेल्ने सन्दीपको घोषणा, कठिन समयबाट गुज्रिएको गुनासो

नेपालले कात्तिक १ देखि १० गतेसम्म नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक आयोजना गरेको छ । सन्दीपले यी खेल नखेल्ने जनाएका छन् । उनले भारी मनका साथ यो निर्णय गरेको जनाएका छन् ।

नेपालभ्युज

आउँदो प्रतियोगिता नखेल्ने सन्दीपको घोषणा, कठिन समयबाट गुज्रिएको गुनासो

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मूख्य बलर सन्दीप लामिछानेले आगामी प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् ।

नेपालले कात्तिक १ देखि १० गतेसम्म नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक आयोजना गरेको छ । सन्दीपले यी खेल नखेल्ने जनाएका छन् । उनले भारी मनका साथ यो निर्णय गरेको जनाएका छन् ।

सन्दीपले आफू जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिएको र यो बेला परिवारलाई समय चाहिन्छ भन्ने आफूले महसुस गरेको बताएका छन् ।

बलात्कारको आरोप लागेका सन्दीपको मुद्धाको पेशी पटक पटक स्थगित हुँदै आएको छ । त्यसैले उनी निरास भएका छन् ।

सन्दीपले लेखेका छन्, ‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ  । यो बेला परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। अर्का भेट नभए सम्म सबैलाई धन्यवाद।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved