एमाले सुदूरपश्चिममा ‘जबरजस्त सहमति’, अध्यक्षमा जैसी र सचिवमा चन्द चुनिए

अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी, उपाध्यक्षमा बाजुराका कालिबहादुर शाही , सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कंचनपुरका नरबहादुर विक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।

नेपालभ्युज

एमाले सुदूरपश्चिममा ‘जबरजस्त सहमति’, अध्यक्षमा जैसी र सचिवमा चन्द चुनिए

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत चुनिएका छन् ।

अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी, उपाध्यक्षमा बाजुराका कालिबहादुर शाही , सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कंचनपुरका नरबहादुर विक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।

उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो । अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिँदा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि विस्ट सर्वसम्मत भएकी हुन

कमिटीको सचिवमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन् । सचिव पदका उम्मेदवार राजेश खाती, जीवन बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत चयन भएका हुन् ।

उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर विक पनि सर्वसम्मत भएका छन् । यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका छन् । अन्य सदस्यमा पनि सहमति प्रयास भइरहेको छ ।

को हुन् जैसी ?

शिक्षण पेशा छोडेर राजनीतिमा आएका जैसीसँग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएको अनुभव छ । उनले अहिलेका एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसँग तत्कालीन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका छन् ।

ओली त्यतिबेला प्ररायुसंघको केन्द्रीय अध्यक्ष थिए । २०५४ सालको स्थानीय चुनावमा जिविस सभापति भएका जैसी बीचमा स्थानीय तहको चुनाव नभएकोले १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेफिकको सहअध्यक्ष भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved