स्थानीय तहका कर्मचारी र प्रहरीबीच ठेलमठेल (तस्वीरहरू)

स्थानीय तहका कर्मचारी र प्रहरीबीच ठेलमठेल (तस्वीरहरू)

काठमाडौं। स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आज पनि आन्दोलन जारी राखेका छन् । सोमबार काठमाडौंको माइतीघर मण्डलामा जाँदै गर्दा  प्रहरीसँग केहीबेर ठेलमठेल भएको थियो ।

माइतीघर मण्डलामा केहीबेर नारा लगाएपछि अहिले आन्दोलन टोली बानेश्वरतर्फ लागेको छ ।

उनीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका छन् ।

यस्तै, स्थानीय तहका कर्मचारीको वृद्धि विकास, अन्तरप्रदेश सरुवा, बढुवा लगायतका २० बुँदे माग राखेर उनीहरूले आन्दोलन गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved