एमाले सुदूरपश्चिमको बन्द सत्र सुरु हुँदै, गुट मिलाउने जिम्मा शंकर पोखरेललाई

नेपालभ्युज

एमाले सुदूरपश्चिमको बन्द सत्र सुरु हुँदै, गुट मिलाउने जिम्मा शंकर पोखरेललाई

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आज बन्द सत्र सुरु हुँदैछ । केहीबेरमा बन्दसत्र सुरु हुने नेताहरुले बताएका छन् ।

धनगढीको सौराई प्यालेसमा हुने सुदूरपश्चिमको प्रथम अधिवेशनलाई हिजो अध्यक्ष केपी सर्मा ओलीले उद्घाटन गरेका थिए । ओली काठमाडौं फर्किइसकेका छन्। उनले गुट मिलाउने र सकभर सहमति जुटाउने जिम्मा महासचिव शंकर पोखरेललाई दिएका छन् ।

जम्मा ६ सय ७५ प्रदेश प्रतिनिधि अधिवेशनका लागि छानिएका छन् । प्रथम अधिवेशनका लागि अछामबाट २ जना र एक जना कञ्चनपुरबाट गरी ३ जनाले अध्यक्षमा दाबी गरेका छन् । तिनै जनाले अध्यक्षमा दाबी गरिरहँदा उपाध्यक्ष र सचिवका आकांक्षी भने धेरै छन् । सो उम्मेदवारहरूले टिम भने अहिलेसम्म टुंग्याउन सकेका छैनन् ।

अध्यक्षमा अछामका कमल तिमिल्सेना र अछामकै कृष्णप्रसाद जैशी तथा कञ्चनपुरका वचन बहादुर सिंहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved