विद्युत् विधेयक परिमार्जन गर्नुपर्ने कांग्रेसको ठहर

नेपालभ्युज

विद्युत् विधेयक परिमार्जन गर्नुपर्ने कांग्रेसको ठहर

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेश गरेको विद्युत विधेयक–२०८० लाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले उक्त विधेयक परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र वैदेशिक लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

‘यो विधेयकलाई परिमार्जन गर्न र समृद्ध बनाउन आवश्यक छ’, उनले भने, ‘विद्युतको सन्दर्भमा यसको उत्पादनको सन्दर्भमा वैदेशिक लगानीलाई आकर्षण गर्न जरुरी छ । र, साथसाथै आन्तरिक तथा निजी लगानी अहिलेसम्म जुन भएको छ । त्यसको सुरक्षाको पनि आवश्यक्ता छ ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved