संघीय स्वरुपमा जाँदा विद्यालय शिक्षा विधेयकमा केही कुराहरु छुटेका छन्ः वर्षमान पुन

नेपालभ्युज

संघीय स्वरुपमा जाँदा विद्यालय शिक्षा विधेयकमा केही कुराहरु छुटेका छन्ः वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले विद्यालय शिक्षा विधेयकलाई निर्क्यौलमा  पुर्‍याउने जिम्मा सांसदको हातमा रहेको बताएका छन् ।

प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रश्तावमाथि छलफलमा भाग लिँदै सांसद पुनले यस्तो बताएका हुन् ।

उनले सरकारले संसदबाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्वीकार गरेकालेपनि विधेयक टुगोंमा पुर्‍याउने जिम्मा सांसद्हरुको रहेको बताएका हुन् । उनले सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसद्सम्म ल्याएको भन्दै विधेयकलाई संसोधन गरेर शिक्षा सम्बद्ध सरोकारवालाका अधिकारहरुलाई समेट्नुपर्ने बताए  ।

उनले अहिलेको अवस्थामा समाजवाद तर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ति तयार गर्न जरुरी रहेको बताए । वैज्ञानिक र प्राविधिक शिक्षाले मात्रै देश समृद्ध हुने भन्दै संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरु अपुग भएको उनको भनाई छ ।

सांसद पुनले भने, ‘सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसदसम्म ल्याइ पुर्‍याएको छ । सरकारले संसद्बाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्विकार   गरिसकेको अवस्था छ, सबै माननीयले यसमा पर्याप्त काम गरौँ ।’

उनले संविधानको मर्म अनुसार विधेयकलाई अघि बढाउनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved