बझाङका भूकम्पपीडितले घर बनाउन ५० हजार पाउने, मृतक परिवारलाई दुई लाख

बझाङका भूकम्पपीडितले आवास निर्माणका लागि सरकारबाट प्रतिपरिवार ५० हजार रुपैयाँ पाउने भएका छन् । त्यस्तै भूकम्पका कारण मृत्यु भएकाको परिवारले दुई लाख रुपैयाँ पाउने भएका छन् ।

नेपालभ्युज

बझाङका भूकम्पपीडितले घर बनाउन ५० हजार पाउने, मृतक परिवारलाई दुई लाख
काठमाडौं । बझाङका भूकम्पपीडितले आवास निर्माणका लागि सरकारबाट प्रतिपरिवार ५० हजार रुपैयाँ पाउने भएका छन् । त्यस्तै भूकम्पका कारण मृत्यु भएकाको परिवारले दुई लाख रुपैयाँ पाउने भएका छन् ।
शुक्रबार भूकम्प प्रभावित बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट पूर्ण क्षति भएका प्रति घर परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माणका लागि ५० हजार दिने घोषणा गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट बझाङ गएका थिए ।
बझाङमा असोज १६ गते गएको भूकम्पका कारण थुप्रै घरहरु भत्किएका छन् । भूकम्पले सुदूरपश्चिमका ७ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा धेरै क्षति बझाङमा भएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved