डाक्टरमाथि कुटपिट भएका घटनाप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

डाक्टरलाई काममा फर्कने वतावरण बनाउन सरकारसँग आग्रह

नेपालभ्युज

डाक्टरमाथि कुटपिट भएका घटनाप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत चिकित्सकलाई काममा फर्कने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।

पछिल्लो समय बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमण, दुर्व्यवहार र स्वास्थ्य संस्थाहरूमा तोडफोडका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले डाक्टरहरुलाई काममा फर्कने वातावरण बनाउन आग्रह गरेको हो ।

चिकित्सक माथिका आक्रमण तथा कुटपिटका घटना बन्द गर्न र अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन पनि आयोगको आग्रह छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरूले आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved