महानगरसँगको वार्तापछि ईःको पत्रकार सम्मेलन, यस्तो छ ४ बुँदे सहमति

नेपालभ्युज

महानगरसँगको वार्तापछि ईःको पत्रकार सम्मेलन, यस्तो छ ४ बुँदे सहमति

काठमाडौं ।  काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच चार बुँदे सहमति भएको छ । राष्ट्रिय सभा गृहमा बुधबार दिउँसोदेखि जारी वार्तामा सहमति भएपछि  अभियन्ता ईःले   पत्रकार सम्मेलन गरिरहेका छन् ।

यो सहमतिसँगै फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित काठमाडौं महानगरका मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शनरत अभियन्ता ईःको आन्दालन अब रोकिने भएको छ ।

मंगलबार ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण र महानगरका तर्फबाट नविन मानन्धरको नेतृत्वमा ५/५ सदस्यीय वार्ता टोलीले छलफल गरेर चार बुँदे सहमति गरेको थियो । जसमा कोटेश्वर चोकदेखि जडिबुटी जाने बाटो, तिलगंगा अगाडि, चाबहिल मालपोत अगाडि, बालाजु क्षेत्र, भृकुटीमण्डप र सम्भावित अन्य क्षेत्रमा तत्कालका लागि व्यापार गर्न दिने गरी अध्ययन गर्ने कुरा उल्लेख थियो ।

तर, यो सहमतिको खाकामा काठमाडौंका मेयर बालेन शाहले संशोधन गरेर तोकिएका स्थानका नाम हटाएपछि वार्ता बिथोलिएको थियो । बुधबार फेरि चौथो बुँदामा केन्द्रित रहेर महानगर र अभियन्ता ईः पक्षबीच  भएको छलफलमा सहमति जुटेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved