कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन

नेपालभ्युज

कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको हो । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको जानकारी दिए ।

यस्तै, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनितिक प्रश्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठकका लागि आवश्यकताअनुसार थप समिति बनाउने अधिकार सभापतिले बैठकमा दिएको जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेसको बैठकमा नौ वटा बुँदामा निर्णय गरेका छौँ । महासमितिको बैठकलाई कसरी भव्य र सभ्य बनाउने बारे मुख्यतः तिन ओटा समिति गठन भएका छन् । सभापती शेरबहादुर देउवाको संयोजकत्वमा मुल आयोजक समिति र उपसभापती पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति बन्छ ।’

महामन्त्री गगन थापाको संयोजकत्वमा सांगठनिक प्रतिवेदन तयारी  र महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समसामयिक राजनितिक प्रश्ताव तयार गर्ने समिति रहने उनले जानकारी दिए । यस्तै बैठकले  अन्य समितिहरु सभापतीले आवश्यकता अनुसार गठन गर्दै लैजाने निर्णय गरेको छ ।

दोस्रो पोलिसी ह्याकाथुन, बिपी साहित्य महोत्सव र आन्तरिक विशेष अभियानका बारेमा समिक्षात्मक निर्णय छ । यी तीन वटै कार्यक्रमले नेपाली कांग्रेसलाई थप मजबुत बनाएको बैठकको ठहर छ ।

कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved