तस्वीरमा हेर्नुहोस् सडकमा सुतेका शिक्षक

आन्दोलनरत शिक्षकका अनुसार राज्यले आफूहरूलाई जिउँदो शव बनाएका कारण सांकेतिकरूपमा ‘मुर्दा’ बनेर विरोध जनाउनु परेको हो ।

नेपालभ्युज

तस्वीरमा हेर्नुहोस् सडकमा सुतेका शिक्षक

काठमाडौं। आन्दोलनरत राहत र पेन्सन वञ्चित शिक्षकले माइतीघरको सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्ध उनीहरुले सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।

आन्दोलनरत शिक्षकका अनुसार राज्यले आफूहरूलाई जिउँदो शव बनाएका कारण सांकेतिकरूपमा ‘मुर्दा’ बनेर विरोध जनाउनु परेको हो । ‘सांकेतिक रूपमा हामीलाई मार्‍यो भनेर हामी सडकमा सुतेका हौं’, उनीहरूको भनाइ छ ।

गत असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भए पनि आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शतप्रतिशत स्थायीको माग राख्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved