नेपाल-चीनबीच १३ बुँदे समझदारीपत्रमा हस्ताक्षर

दुई देशका अधिकारीहरुबीच १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालभ्युज

नेपाल-चीनबीच १३ बुँदे समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा दुई देशबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुई देशका अधिकारीहरुबीच १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । कृषि, सञ्चार, विज्ञान तथा प्रविधि र व्यापारलगायतका विषयमा समझदारी भएको बनाइएको छ ।

सम्झौताअघि चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता भएको थियो ।

भेटवार्ता अघि चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनरसहित सम्मान गरेको थियो।

शनिबार चीन पुगेका प्रचण्डले त्यहीं दिन हान्जाउनमा राष्ट्रपति सी चिनफिङसँग औपचारिक भेटवार्ता गरेका थिए ।

यस्ता छन् समझदारी 

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीचको सहकार्यको लागि समझदारी

उत्तरी पहाडी क्षेत्रको लागि उत्पादन र जीवन यापनको लागि प्रयोग हुने सामाग्री ‘२०१७’ को प्रमाण पत्र नेपाल सरकार र चीन सरकारबीच आदन प्रदान

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थतन्त्र सहकार्य वृद्धिको लागि समझदारी

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित गृह र कार्बनको मात्रा न्यून गर्ने लक्ष्यसहित समझदारी

सिजाली उच्च माध्यमिक विद्यालयको परियोजना सम्झौता कार्यान्वयन गरिने समझदारी

कृषि, पशुपन्छी तथा माछापालनको क्षेत्रमा सहकार्य गर्न चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रायलबीच समझदारी

नेपाल–चीन भुक्तानी सम्झौताको समीक्षा र परिमार्जन, १९८१ को लागि संयुक्त प्राविधिक कार्य समूह स्थापनाको लागि चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता

चिनियाँ औषधी निर्माणको लागि नेपालबाट चीनमा वनस्पति व्युतपन्न औषधीय सामाग्री निर्यात गर्न चीनको सामान्य भन्सार प्रशासन र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रायलबीच फिजियोसेनेटरी आवश्यकताहरूको प्रोटोकल स्थापित गरिने

चीनको राष्ट्रिय प्रशासनको प्रेस तथा प्रकाशन र नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच ‘क्लास्किस’ को अनुवाद र प्रकाशन गर्न समझदारी

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान र प्रविधि तथा आविष्कारमा सहकार्यको लागि समझदारी

नेपाल र चीनबीच आपदविपद् सामाग्री र मानव स्रोतसम्बिन्धित विनिमय पत्र आदान प्रदान

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved