अष्ट्रेलियामाथि भारतको सानदार जित, एक खेल बाँकी छँदै शृङ्खला कब्जा

नेपालभ्युज

अष्ट्रेलियामाथि भारतको सानदार जित, एक खेल बाँकी छँदै शृङ्खला कब्जा

काठमाडौं । अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ ।

गएराति इन्दोरमा ९९ रनको जितसँगै भारतले एक खेल बाँकी नै छँदै तीन खेलको शृङ्खला जितेको हो । जितको लागि ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २८ ओभर २ ओभरमा २ सय १७ रनमा अल आउट भयो ।

अष्ट्रेलियाले जितको लागि ४ सय रनको विशाल लक्ष्य पाएको थियो तर वर्षाका कारण ओभर कटौती भएपछि ३३ ओभरमा ३ सय १७ रनको लक्ष्य निर्धारण भएको थियो ।

अष्ट्रेलियाका शन एबोटले सर्वाधिक ५४ रन बनाए । भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले ३/३ विकेट लिए । त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो ।

भारतको जितमा श्रेयस ऐयर र शुभमन गिलले शतक प्रहार गरे। सूर्यकुमार यादवले ७२ र कप्तान केएल राहुलले ५२ रन बनाएका थिए । भारत पहिलो खेलमा ५ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved