जावी २०२५ सम्म बार्सिलोनामै रहने

नेपालभ्युज

जावी २०२५ सम्म बार्सिलोनामै रहने

बार्सिलोना । स्पेनी क्लब बार्सिलोनाका प्रशिक्षक जेभिएर हर्नान्डेज क्रिउज (जावी) ले क्लबसँग आफ्नो सम्झौता थपिएको घोषणा गरेका छन् ।

सन् २०२१ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका बार्सिलोनाका पूर्व मिडफिल्डर जावीले आफ्नो सम्झौता एक सिजन अर्थात् सन् २०२५ सम्मका लागि लम्ब्याउनेछन्

जावीले क्लबलाई सन् २०१९ पछि पहिलो पटक ला लिगा र गत सिजन स्पेनी सुपर कपको उपाधि दिलाउन सफल भएका थिए ।

सेल्टा भिगोविरुद्ध शनिबार हुने खेलअघि पत्रकार सम्मेलनमा जावीले भने, “हामी कठिन समयमा आएका थियौं ।”

उनले थपे, “गत वर्ष हामीले दुई महत्वपूर्ण उपाधि जितेका थियौं । हामी सङ्क्रमणको अवस्थामा छौं ।”

ला लिगामा रियल बेटिस र च्याम्पियन्स लिगको समूह चरणमा रोयल आन्टवर्पलाई ५–० ले हराउँदै बार्सिलोनाले आफुले जिम्मेवारी सम्हालेयताका दुई उत्कृष्ट खेल हासिल गरेको जावीले बताए ।

जावीले रोनाल्ड कोम्यानबाट सन्यास लिएको दुई वर्षपछि सन् २०२४ को जुनसम्मका लागि स्पेनी क्लब बार्सिलोनासँग सम्झौता गरेका थिए ।

स्पेनी ला लिगामा रियल मड्रिडभन्दा दुई अङ्कले पछि रहेको बार्सिलोना दोस्रो स्थानमा छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved