यी ७ फूल, जुन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छन्

नेपालभ्युज

यी ७ फूल, जुन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छन्

एजेन्सी । हाम्रो वरिपरि भएका फूल तथा पातहरुमा पनि कैयौं गुण भरिएका हुन्छन् । जसको बारेमा हामीलाई थाहा नहुन पनि सक्छ । आउनुहोस् आज हामी त्यस्तै केही फूलहरुका बारेमा बताउनेछौं जसका फाइदाका बारेमा तपाईंलाई थाहा छैन होला ।

हिबिस्कस (कुसुम)

हरेक घरमा प्रायः सजिलै पाइने हिबिस्कस, जसलाई कुसुम फूल पनि भनिन्छ । यो स्वास्थ्यका लागि एकदमै राम्रो फूल मानिन्छ । यसको सेवनले रक्तचाप कम हुन्छ र कोलेस्ट्रोल पनि नियन्त्रित रहन्छ । यसलाई तपाईं चिया बनाएर पिउन सक्नुहुन्छ ।

गोदावरी

गोदावरीको फूलबाहेक पात तथा डन्डी तथा जराको पनि सेवन गर्न सकिन्छ । यो एन्टीअक्सीडेन्ट तत्वले भरिपूर्ण हुन्छ जो मुटुको स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

गुलाफ

डिप्रेशन तथा एन्जाइटी जस्तो समस्याबाट राहत पाउनका लागि तपाईं गुलाफ चियाको सेवन गर्न सक्नुहुन्छ । गुलाफको फूलले एकदमै शान्त तथा आनन्द महसुस गराउन सक्छ ।

क्यामोमाइल

यो फूललाई नेपालीमा दामिनी फूल पनि भनिन्छ । यो कैयौं आयुर्वेदिक औषधि तथा जडिबुटीहरुमा एकदमै प्रयोग गरिन्छ । यसको सेवनले पाचनदेखि लिएर मुटुको स्वास्थ्यलाई राम्रो बनाउने काम गर्छ ।

सयपत्री

जसलाई महिनावारीको समयमा समस्या आउने गर्छ उनीहरुलाई यो फूलले एकदमै फाइदा गर्छ । यसका साथै छालाका लागि पनि यो एकदमै राम्रो मानिन्छ । यसको लेप बनाएर अनुहारमा लगाउन सकिन्छ ।

सूर्यमुखी

सूर्यमुखी फूलले पनि घाँटी दुखेको, महिनावारीको दुखाइ, अल्सर तथा घाउहरुको उपचारमा राम्रो काम गर्छ । यो स्वास्थ्यका लागि एकदमै लाभदायक छ ।

सदाबहार फूल

सदाबहार फूल पनि छालासँगै स्वास्थ्यका लागि पनि एकदमै राम्रो मानिन्छ । यसको सेवनले तपाईं कैयौं बिमारीहरुबाट बच्न सक्नुहुन्छ । यसलाई पनि चियाको रुपमा पिउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved