दलहरुको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गएको छः नेता सिटौला

नेपालभ्युज

दलहरुको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गएको छः नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुका बीचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्षः उपलब्धि, चुनौति र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विस्तृत शान्ति सम्झौतामा प्रतिवद्धता गरे अनुरुपका कामहरु अझै अधुरो रहेको भन्दै यसको कारण राजनीतिक दलहरु भएका बताए । उनले राजनीतिक दलहरु एकै ठाउँमा उभिएमा सहजै समाधान दिन सकिने बताए । उनले राजनीतिक दलहरु आपसी विश्वासमा आएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

उनले भने, ‘विस्तृत शान्ति सम्झौतामा हामीले उल्लेख गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुन्छ । बेपत्ताहरुको छानबिन आयोग गठन हुन्छ । त्यसले अनुसन्धान गर्छ । त्यसले निष्कर्ष निकाल्छ । र, द्वन्दपीडितहरुले न्याय पाउँछन् भन्ने हाम्रो घोषणा हो त्यो अहिलेपनि पूरै अधुरो छ ।’

नेता सिटौलाले विस्तृत शान्ति सम्झौता बद्लावको भावनाले सिर्जना नगरिएको स्पष्ट पारे । विस्तृत शान्ति सम्झौता शान्ति र न्यायको भावनाले सिर्जना गरिएको दस्तावेज भएको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved