झलनाथसँग रिसाए माधव नेपाल, पार्टीभित्रका कुरा बाहिर भन्दै हिँडेकोमा चित्तदुखाइ

नेपालभ्युज

झलनाथसँग रिसाए माधव नेपाल, पार्टीभित्रका कुरा बाहिर भन्दै हिँडेकोमा चित्तदुखाइ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति चित्त दुखाएका छन् । पार्टीभित्रका कुरा बाहिर भन्दै हिँडेको भन्दै नेपालले चित्त दुखाएका हुन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले खनालको व्यवहारप्रति रोष प्रकट गरेका हुन् ।

खनालले नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक अभिव्यक्ति दिएका थिए । खनालले नेपालले जारी गरेको अपानि खतरनाक रहेको बताएका थिए ।

नेपालले खनाल पार्टी हितविपरीत लागेको टिप्पणी पनि गरे ।

‘पार्टीभित्र अनेकौँ समस्याहरु हुन्छन्, ती समस्याहरु पार्टीले नै हल गर्छ । बाहिर गीत गाएर हिँड्ने होइन’, उनले भने ।

अध्यक्ष नेपालले विद्यालय शिक्षा विधेयकका बारेमा सरकारले सम्बन्धित पक्षसँग वार्ता गरेर समाधान निकाल्नुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved