साफ यू–१९ फुटबल : भारतको सुखद सुरुवात

नेपालभ्युज

साफ यू–१९ फुटबल : भारतको सुखद सुरुवात
तस्वीर स्रोतः इन्डियन फुटबल टिम/ फेसबुक

काठमाडौं। साफ यू–१९ फुटबलमा भारतले विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतले बङ्गलादेशलाई ३–० गोलअन्तरले पराजित गरेको हो । भारतका लागि ग्वगंसर गोयार्री, नाओबा मीतेई र इशान शिशोडियाले गोल गरे।

खेलको पहिलो मिनेटमा नै गोयार्रीले गोल गर्दै भारतलाई अग्रता दिलाए। पहिलो हाफको इन्ज्यूरी समयमा मीतेईले भारतको लागि दोस्रो गोल गरे। ८९ औँ मिनेटमा शिशोडियाले भारतको लागि तेस्रो गोल गरे।

दोस्रो खेलमा बेलुकी साढे ५ बजे नेपाल र पाकिस्तान आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved