वेस्ट बैंकमा इजरायली आक्रमण : ३ जनाको मृत्यु, ३० घाइते

नेपालभ्युज

वेस्ट बैंकमा इजरायली आक्रमण : ३ जनाको मृत्यु, ३० घाइते

एजेन्सी । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भएको ड्रोन आक्रमणमा कम्तिमा ३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

इजरायली सेनाका प्रवक्ताकाअनुसार जेनिन शरणार्थी शिविरमा कारबाही गरिएको थियो । उत्तरी वेस्ट बैंकमा अवस्थित लडाकुहरूको गढ रहेको सो क्षेत्रमा आक्रमण गरिएको थियो ।

इजरायलीहरूविरुद्धको आक्रमणमा संलग्न भएको आशंकामा सेनाले दुई प्यालेस्टाइनी नागरिकलाई पक्राउ गरेको छ ।

इजरायली सेना भने सकुशल रहेको सेनाका प्रवक्ताले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved