च्याम्पियन्स लिग

रोमाञ्चक खेलमा बार्यनले युनाइटेडलाई हरायो, अरु नतिजा यस्ता छन्

नेपालभ्युज

रोमाञ्चक खेलमा बार्यनले युनाइटेडलाई हरायो, अरु नतिजा यस्ता छन्

एजेन्सी। यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बार्यन म्युनिखले म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।

गएराति भएको खेलमा बार्यनले युनाइटेडलाई ४-३ गोलले हरायो । पहिलो हाफमा बार्यन २-० ले अघि रहेकोमा ४९ मिनेटमा रास्मसले गोल गरेर युनाइटेडलाई खेलमा फर्काउन खोजे ।

तर ५३ मिनेटमा बार्यनका ह्यारी केनले पेनाल्टीमा गोल गरेर खेल ३-१ को अवस्थामा ल्याए । ८८ मिनेटमा क्यासमिरोले गोल गरेर युनाइटेडलाई ३-२ मा पुर्‍याए । तर इन्जुरी समयको दोस्रो मिनेटमै बार्यनले गोल गरेर खेललाई ४-२ को अवस्थामा पुर्‍यायो । त्यसको तीन मिनेटमा युनाइटेडका क्यासमिरोले गोल गरे । अन्तिममा खेल ४-३ को अवस्थामा सकियो र बार्यनले बाजी मार्‍यो ।

गएराति नै भएका अरु खेलमा आर्सनलले पीएसभीलाई ४-० ले हरायो । आरबी साल्जबर्गले बेन्फिकालाई पराजित गर्दा नापोलीले क्लब बुर्गलाई हरायो ।  यस्तै रियल मड्रिडले युनियन बर्लिनलाई १-० ले हरायो ।

गालातासरे र कोपनहेगन, सेभिल्ला र लेन्स तथा रियल सोसिडाड र इन्टर मिलानले बराबरी खेलेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved