माधव नेपालको बुझाइ- दलालका कारण संविधान कार्यान्वयनमा समस्या भयो

नेपालभ्युज

माधव नेपालको बुझाइ- दलालका कारण संविधान कार्यान्वयनमा समस्या भयो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएका छन् ।

बुधबार पार्टीको एक कार्यक्रममा अध्यक्ष नेपालले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएका हुन् ।

उनले सबैभन्दा पहिले देशलाई दलाल नोकरशाही पुँजीवादको कब्जाबाट मुक्त गर्नुपर्ने पनि बताए ।

शोषणको नयाँ–नयाँ रूपहरूलाई अन्त्य गर्दै राष्ट्रिय पुँजी विकासको वातावरण तयार नगरेसम्म संविधानमा लेखिएको कुरा व्यवहारमा लागू गर्न नसकिने उनको बुझाइ थियो ।

संविधानले सबै प्रकारका अधिकारहरू दिएको भए पनि त्यसको कार्यान्वयनमा भने चुनौती उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved