नेपालको संविधान दिवसमा अमेरिकी विदेशमन्त्रीले दिए शुभकामना

नेपालभ्युज

नेपालको संविधान दिवसमा अमेरिकी विदेशमन्त्रीले दिए शुभकामना

काठमाडौं । संविधान दिवसको अवसरमा अमेरिकाले नेपाल र नेपालीलाई शुभकामना दिएको छ ।

नेपालको संविधान दिवस, २०८० का अवसरमा शुभकामना दिँदै विदेशमन्त्री एन्थोनी ब्लिंकेनले दुवै देशको सम्बन्ध विस्तारले दुई देशबीच एकअर्कामा बुझ्न, सद्भाव र विश्वास विस्तारमा कोशेढुंगाको काम गरेको बताएका छन् ।

विदेशमन्त्री ब्लिंकेनले सन्देशमा भनेका छन्, ‘अमेरिकी जनताको तर्फबाट म नेपाली जनतालाई संविधान दिवसका अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछु। आज हामी यस्तो विशेष दिन मनाउँदैछौँ, जसले हामीहरूबीचको सम्बन्ध र प्रतिबद्धताको नवीकरणमा अतुलनीय भूमिका निर्वाह गर्दै दुई देशबीच शान्ति, सहकार्य र पारस्परिक समृद्धिको विस्तार गर्नेछ।’

नेपालले हासिल गरेको उपलब्धि र दुई देशबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई यो क्षणमा स्मरण गरेको उनले उल्लेख गरेका छन् ।

‘अमेरिकी सरकार र नागरिकको तर्फबाट म तपाईंहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, विदेशमन्त्री ब्लिंकेनद्वारा जारी सन्देशमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved