माधव नेपालको चिन्ता : हामीलाई गठबन्धनबाट निकाल्ने चलखेल भइरहेको छ

नेपालभ्युज

माधव नेपालको चिन्ता : हामीलाई गठबन्धनबाट निकाल्ने चलखेल भइरहेको छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)लाई सत्तागठबन्धनबाट हटाउने चलखेल भइरहेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्न एकीकृत समाजवादीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

सोमबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन बनाउन आफ्नो पार्टीले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबीसमेत गरे । गठबन्धनभित्रका कमीकमजोरीलाई सुधार गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

गठबन्धन वा सरकारबाट बाहिरिए पार्टी समाप्त हुने उनको ठम्याइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved