लगातार तीन खेल जित्दै अष्ट्रेलियासँगको एकदिवसीय शृङ्खलामा दक्षिण अफ्रिकाको कब्जा

नेपालभ्युज

लगातार तीन खेल जित्दै अष्ट्रेलियासँगको एकदिवसीय शृङ्खलामा दक्षिण अफ्रिकाको कब्जा

एजेन्सी। अस्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ ।

पाँच खेलको शृङ्खला दक्षिण अफ्रिकाले ३–२ ले जितेको हो । सुरुका दुई खेलमा हार ब्यहोरेको दक्षिण अफ्रिकाले त्यसपछिका तीन खेल जितेर शृङ्खला नै कब्जा गरेको हो ।

जोहानेसबर्गमा भएको निर्णायक खेलमा घरेलु टोलीले पाहुना टोली अष्ट्रेलियालाई एक सय २२ रनको फराकिलो अन्तरले हरायो ।

अन्तिम खेलमा दक्षिण अफ्रिकाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो । जितका लागि ३ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १ सय ९३ रनमा अलआउट भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved