कपिल शर्माको कार्यक्रम प्रत्यक्ष हेर्न ५ हजार रुपैयाँ ?

नेपालभ्युज

कपिल शर्माको कार्यक्रम प्रत्यक्ष हेर्न ५ हजार रुपैयाँ ?

एजेन्सी । कपिल शर्माको हाँस्य कार्यक्रम ‘द कपिल शर्मा शो’ लाई हाम्रो देशमा पनि धेरैले मनपराउँछन् । अहिले शो चलिरहेको छैन, तर पनि यसको राम्रो क्रेज वा भनौं पर्खाइ भने सबैमा भइरहेको हुन्छ ।

यसैबीच, ‘द कपिल शर्मा शो’ सँग जोडिएका एउटा विज्ञापन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा यो दावा गरिएको छ कि, कपिलको शोमा दर्शक बन्नका लागि करिब ५ हजार भारतीय रुपैयाँ दिनैपर्ने हुन्छ ।

तर, यस विषयमा कपिलले आफैँ कुरा गर्दै भनेका छन् कि, यो सबै धोका हो । उनले यसप्रकारका धोकेबाजीबाट सबैजना बच्नका लागि सतर्क पनि गराएका छन् ।

‘द कपिल शर्मा शो’ लाई लिएर यसअघि पनि कैयौं प्रकारका झुटा समाचार भाइरल भएका थिए । उक्त विषयलाई पनि कपिल शर्मा आफैँले प्रसंशकसामु स्पष्ट पारेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved