एसिया कप क्रिकेट : सुपर फोरमा पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

नेपालभ्युज

एसिया कप क्रिकेट : सुपर फोरमा पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं ।  घरेलु टोली श्रीलंकाले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको छ ।

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा  आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्‍यो  । श्रीलंकाका लागि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले ९१ रनको योगदान गरे ।

सदिरा सामराबिक्रमाले ४८ रनको योगदान सहित यी दूईले एक सय रनको साझेदारी गरेका थिए । श्रीलंकाको जितमा चरिथ असालंकाले अविजित ४९ रन बनाए । ओपनर पाथुम निसानकाले २९ रन बनाएका थिए ।

पाकिस्तानी बलर इफ्तिखार अहमदले तीन र साहिन शाह अफरिदीले दुई विकेट लिए । पाकिस्तानले नौ रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान फाखर जामनले  चार रन बनाए ।

अर्का ओपनर अब्दुल्लाह सफिकले  ५२ रन बनाए  ।  विकेटकिपर ब्याट्सम्यान रिजवानले  ८६ रनको योगदान गरे ।

साविकको विजेता श्रीलंकाले आइतवार भारतसँग उपाधिका लागि खेल्ने छ । भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । भारतले सुपर फोरको अन्तिम खेल भने आज बङ्लादेशसँग खेल्नेछ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved