सिटिजन लाइफको आइपीओ बाँडफाँट, कसरी हेर्ने ?

नेपालभ्युज

सिटिजन लाइफको आइपीओ बाँडफाँट, कसरी हेर्ने ?

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म निष्कासन गरेको आईपीओ आज २८ गते बाँडफाँट भएका हो । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २४४ रुपैयाँमा ९० लाख कित्ता सेयर निष्कासन गरेको थियो ।

निष्कासन गरिएको आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । सोमध्ये १४ लाख ७ हजार २३७ जनाको मात्रै आवेदन स्वीकृत भएको छ । त्यस्तै, एक लाख ७७ हजार ३ सय जनाको आवेदन भने रद्द भएको छ ।

आवेदन दिएकामध्ये ९ लाख आवेदकले कम्पनीको १० कित्ताको दरले सेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड गर्दा सो आवेदकले १० कित्ताको दरले सेयर पाएका हुन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको एनआईएमबि एस क्यापिटलले बिहीबार आफ्नो कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कसरी हेर्ने नतिजा ?

इन्स्योरेन्सको आइपीओ नतिजा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved