विश्वकप छनोट : बोलिभियामाथि अर्जेन्टिनाको जित

नेपालभ्युज

विश्वकप छनोट : बोलिभियामाथि अर्जेन्टिनाको जित
तस्वीर स्रोतः फिफा वर्ल्ड कप/फेसबुक

काठमाडौं। विश्वकप छनोटमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ।

दक्षिण अमेरिकी छनोटमा बुधबार भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलअन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको लागि इन्जो फर्नान्डेज, निकोलस टालिगाफिको र निकोलस गोन्जालेजले गोल गरे। खेलको ३१औँ मिनेटमा इन्जोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। ४२औँ मिनेटमा टालिफाफिकोले अर्जेन्टिनाको लागि दोस्रो गोल गरे। गोन्जालेज ८३ औँ मिनेटमा अर्जेन्टिनाको लागि तेस्रो गोल गरे।

लगातार दोस्रो जितसँगै अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएको छ। यस्तै, बुधबार नै भएको अर्को खेलमा भेनेजुयला र इक्वेडर पनि विजयी भए। छनोटमा १० राष्ट्रको सहभागिता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved