काेशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

नेपालभ्युज

काेशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चालकर्मीसँग कुरा गर्दै लिङ्देनले अहिलेको व्यवस्थाको संस्थापकहरू एमाले र कांग्रेस मिलेर कोशी प्रदेशलाई जोगाउनु राम्रो हुने बताएका हुन् ।

उनले राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै बिघटन हुने खतरा रहेको भन्दै कांग्रेस र एमाले मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने बताए ।

उनले भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणहरुलाई सरकारले सत्ताको रक्षा कवचको रुपमा प्रयोग गरेको तर्क गरे। आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुदै गएको भन्दै लिङ्देनले जातिय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने जिकिर गरे ।

उनले प्रमुख राजनैतिक दलहरु नै भ्रष्टाचार र सुन तस्करी प्रकरणमा जोडिएकाले निष्पक्ष र स्वतन्त्र रुपमा छानबिन गरिनुपर्ने धारणा व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved