ट्रम्पका पूर्वसल्लाहकार पिटर नाभारो अवहेलनाको मुद्दामा दोषी ठहर

नेपालभ्युज

ट्रम्पका पूर्वसल्लाहकार पिटर नाभारो अवहेलनाको मुद्दामा दोषी ठहर

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार पिटर नाभारो अवहेलनाको मुद्दामा दोषी ठहर भएका छन् ।

बिहीवार अदालतले उनलाई ६ जनवरी २०२१ को हमलाको अध्ययन गरिरहेको विषयलाई अवहेलना गरेको आरोपमा दोषी ठहर गरेको हो । ट्रम्पको कार्यकालमा ह्वाइट हाउस अफिस अफ ट्रेड एण्ड म्यानुफ्याक्चरिङ पोलिसीका निर्देशक रहेका ७४ वर्षीय नाभारोले अनुसन्धान समितिलाई बयान दिन अस्वीकार गरेकोमा दोषी ठहर गरिएको बताइएको छ ।

नाभारोलाई अधिकतम दुई वर्ष जेल र २ लाख अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved