सन्दीप लामिछानेको मुद्दामा आज पनि भएन फैसला

गौशाला २६ को जन्मदर्ताको थप कागजात झिकाउन आदेश

बालिका बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले पेस गरेको कागजातमाथि प्रश्न उठाउँदै थप कागजात झिकाउने आदेश दिएको छ।

नेपालभ्युज

सन्दीप लामिछानेको मुद्दामा आज पनि भएन फैसला

काठमाडौं। बालिका बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले पेस गरेको कागजातमाथि प्रश्न उठाउँदै थप कागजात झिकाउने आदेश दिएको छ।

अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको हो।

न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो।
बहसका क्रममा सन्दीपका वकिलहरूले त्यही माग गरेका थिए।

एक किशोरीलाई बलात्कार गरेको अभियोगमा सन्दीपले १५ कात्तिक २०७९ मा जिल्ला अदालत काठमाडौंमा बयान दिएका थिए। बलात्कारको अभियोग इन्कार गरेका सन्दीपले किशोरी (गौशाला २६) को उमेर १८ वर्ष भन्दा बढी भएको प्रमाणका रूपमा जन्मदर्ताको दर्ता किताब भन्दै एक कागज पेस गरेका थिए।

पछि अदालतले पनि गौशाला २६ को जन्मदर्ता रहेको वडाबाट कागजात र विवरण मगाएको थियो। पीडितको जन्मदर्ता रहेको वडा कार्यालयले ९ जेठ २०८० मा जिल्ला अदालत काठमाडौंमा पठाएको पत्रमा अनलाइन मार्फत जन्मदर्ता भएकाले अभिलेख नरहेको जवाफ दिएको थियो।

मुद्दा अर्काे दिन फेरि अर्को न्यायाधीशको इजलासमा पेशी चढ्ने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved