शिल्पीमा ‘आधा आकाश’ (तस्वीरहरु)

शिल्पीमा ‘आधा आकाश’ (तस्वीरहरु)

काठमाडौं। शिल्पी थिएटरको गोठाले नाटक घरमा, मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा नाटक ‘आधा आकाश’ मञ्चन भएको छ।

अन्तरक्रियात्मक नाटक ‘आधा आकाश’ मा परिकल्पनाकार तथा निर्देशक घिमिरे युवराजले, विभिन्न खाले दलालहरुले दुरदराजको गरिव परिवारका बालिकाहरुलाई निशुल्क शिक्षा दिने, आकर्षक जागिर लगाइदिने, कलाकार बनाइदिने जस्ता प्रलोभन देखाएर शहरबजारमा देहब्यापार देखि अन्य काम लगाउने जस्ता बिषयलाई समेटेका छन्।

हाम्रो समाजमा मानव बेचबिखनको मुद्दामा अनुत्तरित रहेका यस्ता बिषयहरु थुप्रै छन्। यहि बिषयलाई समेटेको नाटक आधा आकाशको समाप्ति भएसँगै नाटक अपुरो जस्तो लाग्दछ।

तर त्यो अपुरो लागेको नाटकले, हाम्रो समाजमा घटिरहेका महिला हिंसा र बेचबिखन विरुद्ध पनि अनुत्तरित प्रश्नहरु उब्जाएको छ। नाटक ‘आधा आकाश’ भाद्र २० गते बुधबार साझँ ५:३० बजे प्रदर्शन भएको हो।

एक शो मात्र प्रदर्शन भएको नाटकमा शिल्पी थिएटरका कलाकारहरुको अभिनय रहेको थियो। तस्वीरहरु:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved